विमलको गोलमा मरिससविरुद्ध नेपाललाई अग्रता

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँग पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ । खेलको ५५ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

एक वर्षपछि टिममा फर्केका विमलले पहिलो खेलमै गोल गरेका छन् । नेपालको लागि उनको यो नवौं गोल हो । पहिलो पटक नेपालले आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । मरिसससँग नेपालको दोस्रो मैत्रीपूर्ण मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *