आहा रारा गोल्डकपको उपाधि एपीएफलाई

पोखरा । आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ । २०६४ पछि पहिलो पटक फाइनल पुगेको एपीएफले मनाङ मर्स्याङ्दीलाई होम ग्राउण्डमा हराएर उपाधि जितेको हो ।

शनिबार पाेखरामा भएकाे खेलमा मनाङ मर्स्याङ्दीलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो । उपाधिसँगै एपीएफले १० लाख १ हजार र उपविजेता मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । स्मरण रहोस् मनाङ ६ पटकको उपाधि विजेता हो ।  भने एपीएफको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *