नेपाल र मौरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले मात्र खेल हेर्न पाउने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मौरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मौरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मौरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । त्यस्तै मौरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ ।

खेलको अघिल्लो दिन हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिसससँगका दुई मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । अर्को खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *