आहा राराको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाडाैँ । २० औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब खेल्दैछन् । खेल पोखरा रंगशालमा हुनेछ ।

यस पटकको उपाधिका लागि ६ पटक च्याम्पियन बनिसकेको मनाङसँग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफको पहिलो भेट भएको हो ।  मनाङ सातौँ पटक च्याम्पियन बनेर आहा रारा गोल्डकपमा सर्वाधिक उपाधि विजेताको ताज पहिरने रेकर्ड कायम गर्न आतुर छ । गोल्डकपमा तीन खेल जितेर फाइनलमा पुगेको एपीएफ पहिलो पटक उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।

एपीएफ उद्घाटन खेलमा आयोजक सहारालाई २-०, क्वार्टरफाइनलमा बीवाईएससी मिनिसोटा अमेरिकालाई ३-१ र सेमिफाइनलमा मच्छेन्द्र क्लबलाई ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।  मनाङ दुई खेल खेलेर फाइनल यात्रा तय गरेको हो । मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल र आर्मीलाई टाइब्रेकरमा ४-३ ले हराउँदै १२ औं पटक फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *