जाेर–बिजोरलाई थप व्यवस्थित गर्नेबारे उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै

काठमाडौँ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्ने भएका छन् । 

दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ३ जिल्लाका प्रजिअहरूको बैठक बस्ने भएको हो ।

काठमाडौँ उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्ने विषयमा बैठक बस्न लागेको बताए ।

शनिवार नेपाल र मरिसस बीच फुटबल हुँदै छ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । बैठकमा त्यसबारेमा समेत छलफल गरिने रिजालले बताए । 

झण्डै एक हप्तादेखि लागू गरिएको जाेर-बिजाेर प्रणालीले आम मानिस भने थप सकसमा परेको देखिएकाे छ । 

याे पनिः

उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गरिने

‘जोर-बिजोर प्रणाली’ले यात्रुलाई सास्ती (तस्वीरसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *