उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गरिने

काठमाडौँ । उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गरिने भएको छ । शुक्रवार बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न लागिएको हो ।

काठमाडौँ उपत्यकाभित्रका सार्वजनिक यातायातमा गरिएको जोर-बिजोर प्रणाली लगायत स्वास्थ्य मापदण्डहरूकाे समीक्षा गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘सार्वजनिक यातायातमा गरिएको जोर-बिजोर प्रणाली लगायत सबैको समीक्षा हुन्छ । हामीले यसबारेमा बुझिरहेका छौँ । उपत्यकामा जारी स्मार्ट लकडाउनको प्रभावकारी के छ भनेर बुझिरहेका छौँ । भोलि सबै आदेशको समीक्षा गछौँ । कुन कुराको राम्रो प्रभाव पर्‍यो, त्यसकाे अवस्था के छ भनेर हामी छलफल गरेर निर्णय गछौँ ।’

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य मापदण्ड लागू गर्दै गत बुधवारदेखि यातायातमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए । सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली लागू गर्दा झन् भिडभाड बढेको गुनासो आएपछि समीक्षा बैठकबाट त्यसलाई हटाउने तयारीसमेत गरिएकाे प्रशासनले जनाएको छ । सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर–बिजोर हटाउने तयारी गरिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *