‘जोर-बिजोर प्रणाली’ले यात्रुलाई सास्ती (तस्वीरसहित)

कामाडाैँ । काठमाडाैँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना नियन्त्रणका लागि भन्दै स्वास्थ्य मापदण्डका रूपमा निजी तथा सार्वजनिक सवारीसाधनमा जाेर-बिजाेर प्रणाली लागू गरेकाे हप्तादिन हुनै लाग्याे । यो नियम लागू भपछि कोरोना नियन्त्रण भयाे-भएन भन्ने नतिजा पछि आउला नै । अहिलेलाई भने जाेर-बिजाेर प्रणालीका कारण सार्वजनिक यातायात चढ्ने यात्रुहरूले पाएकाे दुःख प्रत्यक्ष देखिएकाे छ ।

काठमाडौँको सुन्धारा, वीर अस्पताल र रत्नपार्क क्षेत्रमा साँझपख घर फर्कने यात्रुले लामो समयसम्म बस कुर्न र बस चढ्न संघर्ष गर्नु दैनिकी जस्तै भएकाे छ । जोर-बिजोर प्रणाली लागू भएपछि सार्वजनिक सवारीसाधन करिब आधा मात्र गुड्ने भएकाेले यात्रुहरूले सास्ती पाउन थालेका हुन् ।

उसै त अस्तव्यस्त रहने काठमाडौँको सार्वजनिक यातायात यो प्रणाली लागू भपछि झनै अस्तव्यस्त बन्न पुगेकाे यात्रुहरूकाे गुनासाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *