फिफा विश्वकप छनोट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ ।  दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको छैटौँ मिनेटमा ब्राजिलका लागि क्यासमिरो क्यासेमिरोले गोल गर्दै बराजिललाई अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । इक्वेडरका लागि कहल्को ७५औँ मिनेटमा फेलिक्स टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।

यस खेलमा खेलमा इक्वेडर र ब्राजिलका एक एक खेलाडीले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सीमित भएका थिए । खेलको १५औँ मिनेटमा इक्वेडरका एलेक्जेन्डर डोमीनगेजले रातो कार्ड पाएका थिए भने खेलको २०औँ मिनेटमा ब्राजिलका एमर्सन रोयलले रातो कार्ड पाएका थिए ।

दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिल यसअघि नै छनौट भइसकेको छ । ब्राजिलको यो खेलपछि १४ खेलमा ३६ अंक रहेको छ भने ब्राजिल शीर्ष स्थानमा रहेको छ । इक्वेडरको १५ खेलमा २४ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *