माघ १७ गतेका लागि बाेलाइयाे राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बाेलाइने भएकाे छ ।

माघ २ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएकाे बैठक १७ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका हुन् । त्यस्तै, प्रतिनिधिसभाकाे बैठक पनि माघ १६ गतेका लागि डाकिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *