साखु र पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर (फोटो/भिडिओ)

काठमाडौँ। साखुस्थित साली नदीमा चलिरहेको एक महिने माधवनारायण व्रत मेला र काभ्रेको पनौतीमा भइरहेको १२ वर्षे मकर मेलालाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी तत्काल प्राथमिक सेवा उपलब्ध गराउन सञ्चालन गरिएको शिविरमा इसीजी सेवा समेत निःशुल्क दिँदै आएको अस्पतालले जनाएको छ ।

शिविरमा सामान्य चिकित्सा, प्राथमिक उपचार, मुटु सम्बन्धी इसिजीलगायत सेवा तथा उच्च रक्तचापका साथै अन्य समस्याको प्राथमिक उपचार गरिनुका साथै उपलब्ध औषधिहरू पनि निःशुल्क वितरण गरिएको अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

शिविरमा जँचाउन आएकामध्ये अस्पताल जानुपर्ने खाले बिरामीलाई २५ प्रतिशत छुटसहित उपचार सेवा दिने अस्पतालका महाप्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

यसमा पनि अस्पताल नै भर्ना  हुनुपर्ने अवस्था आए फार्मेसी बाहेकका सबै सेवामा ५० प्रतिशत छुट दिने अस्पतालका प्रमुख सल्लाहकार डा. केपी शर्माले बताए । शिविरहरूमा हाल दैनिक ३० देखि ४० जनाको हाराहारीमा बिरामीहरूको स्वास्थ्य परीक्षण हुँदै आएको अस्पतालले जनाएको छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *