सेनेगल क्वाटरफाइनलमा

काठमाडाैँ । सेनेगल अफ्रिकन कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ९ खेलाडीमा सीमित केप भर्डेमाथि २-० को जित निकाल्दै सेनेगल अन्तिम ८ मा प्रवेश गरेको हाे ।

सेनेगलविरुद्ध पहिलो हाफमानै केप भर्डे १० खेलाडीमा सीमित भएको थियो । २१ औ मिनेटमानै उसका मिडफिल्डर प्याट्रिक एन्ड्रेडले रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा टोलीलाई दबाब परेको थियो । तर दोस्रो हाफपनि उसका लागि निराशाजनक रह्यो । ५७ औ मिनेटमा एभोरा डायस पनि सिँधै रातो कार्ड खाएर मैदानबाट बाहिरिँदा भर्डे ९ खेलाडीमा समेटियो ।

जसको फाइदा उठाउँदै सेनेगलले ६३ औ मिनेटमा टीमका लागि पहिलो गोल गर्‍यो । साडियो मानेले सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने उसले इन्जुरी समयमा सम्भव बनाएको थियो । सेनेगलले अब सेमिफाइनल प्रवेशका लागि माली र इक्वेटेरियल गिनीबिचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =