आर्मी आहा राराको सेमिफाईनलमा

पोखरा । थ्रिस्टार क्लबलाई पराजीत गर्दै विभागीय टीम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा आर्मीले थ्रिस्टारलाई १–० गोल अन्तरले पराजीत गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । ७० औं मिनेटमा राजिव गुरुङले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

दोश्रो सेमिफाईनमाल अब आर्मीले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाईनल प्रवेश गरेको हो । सेमिफाईनलको पहिलो खेलमा एपिएफ र मछिन्द्र क्लबबीच प्रतिश्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *