नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौँ । राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्यानडाका डेनिस शापोभालोभलाई ३-१ ले हराउँदै नाडालले पुन: एकपटक आफूलाई ग्रान्डसलामको कीर्तिमान नजिक पुर्‍याउन सफल भए । नाडालले ६-३, ६-४, ३-६, ६-३ ले खेल आफ्नो पक्षमा पारेका हुन्।

अब अन्तिम चारमा ३४ वर्षिय नाडालले माटेयो बेरिटीनी तथा जेगल मोनफिल्स मध्ये एकजनासँग खेल्नेछन् । सातौं वरियताका इटालीयन बेरिटीनी तथा १७ औ वरियताका फ्रान्सेली मोनफिल्सबीच मंगलबारै हुने क्वाटरफाइनलले नाडालको प्रतिद्वन्दीको तय हुनेछ ।

नाडाल करिअरको २१ औँ ग्रान्डसलामको उपाधिभन्दा दुई जीत टाढा छन् । उनले दुई जित हात पार्न सके उनी समकालिन प्रतिद्वन्द्वी रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा उनी माथि हुनेछन् । नाडालले मेलबर्न पार्कमा एकमात्र उपाधि २००९ मा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *