नेपालमा कियाको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक

काठमाडौँ । नेपालमा किया मोटर्सको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी कार सार्वजनिक भएको छ । कोरियाली अटो कम्पनी कियाले ७–सिट क्षमताको अवधारणालाई धेरै आकर्षक बनाउने तरिका खोज्न सफल भएको जनाएको छ ।

उक्त कारमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्री जडान गरिएको छ ।

कम्पनीका अनुसार उक्त कारमा ७ वटा एयरब्याग, लेनकिपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा रहेको जनाएको छ ।

किया सोरेन्टोले बाह्य र भित्री सुविधाको कमान्डिङ लाइनहरू पनि प्रदान गर्दछ । यसको अगाडिको छेउमा फराकिलो स्विपिङ ग्रिल रहेको छ । जुन मानकको रूपमा आउने एलइडी बत्तीहरूसँग निर्बाध रूपमा एकीकृत हुन्छ ।

१२.३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले किया सोरेन्टोमा स्क्रिनलाई उत्कृष्ट बनाएको छ । ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजीले उपकरण क्लस्टरमा छेउछाउको लेनको लाइभ भिडियो दृश्य खिच्न सकिन्छ ।

यो टर्न सिग्नलको प्रयोगमा सहयोगी हुन्छ । नाप्पा लेदरसँग फस्टाएको इन्टेरियरले यसलाई यसको सेग्मेन्टको प्रिमियम इन्टेरियर मध्ये एक बनाउँछ । मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटहरू सोरेन्टोलाई विलासी एसयुभी मध्ये एक बनाउने विशेषता समेत छन् ।

सोरेन्टो हाइब्रिड को मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपालीबजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *