राष्ट्रियसभा निर्वाचन : मौन अवधि शुरु, सामाजिक सञ्जालमा समेत मत माग्न नपाइने

काठमाडाैँ ।  माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगकाअनुसार गएराती १२ बजेदेखि मौन अवधि शुरु भएको हो ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाइनुपर्नेछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ ।

उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न आग्रह गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मौन अवधि र मतदाता पहिचान सम्बन्धमा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन मण्डलको अन्तिम मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदानका लागि आवश्यक कागजपत्र तय गर्न भनेको छ । मतदानको व्यवस्था मिलाउनका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत आयोगले दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *