मधेस प्रदेशले ‘चुच्चे नक्सा’ राखेर राजपत्र सच्यायाे

काठमाडौँ । तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको नक्सा सार्वजनिक भएपछि पुनः सच्चाइएको छ । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भुलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् ।

गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।

पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो ।

सम्बन्धित समाचार

राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएपछि सञ्चारमन्त्री भन्छन्– ‘भुलवश गयो, सच्याउँछौँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *