मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब

काठमाडौँ । तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन ।

सार्वभौम संघीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्था हुँदा पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत् राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *