ऐतिहासिक पर्यटकीय गन्तव्य बन्दै वीरगञ्जको घडीअर्वा पोखरी (तस्बिरहरू)
२०८३ जेठ १९ गते

पर्सा । वीरगञ्ज उपमहानगर पालिका १० मा अवस्थित घडीअर्वा पोखरी धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको स्थल हो । करिब ५ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरीलाई २०५६ सालमा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए ।
साधारण पोखरीका रूपमा रहेको यो स्थान अहिले वीरगञ्जको प्रमुख आकर्षण र धार्मिक आस्थाको केन्द्र बनेको छ । पोखरी परिसरमा रहेको सूर्य मन्दिर, विशाल सूर्यदेवको प्रतिमाले यसको धार्मिक महत्वलाई अझ बढाएको छ ।
विशेषगरी छठ पर्वका बेला हजारौँ श्रद्धालु यहाँ भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । आज यो पोखरी केवल धार्मिक स्थल मात्र नभई वीरगञ्जको पहिचान, सांस्कृतिक जीवन र आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित भएको छ ।
तस्बिरहरू :

२०८३ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








