ललिता निवास प्रकरण : दाेषीलाई उन्मुक्ति दिन खाेजेकाे एमालेकाे आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ललिता निवास (बालुवाटार) जग्गा प्रकरणमा सरकारले दोषीलाई उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको सन्दर्भमा पार्टीकाे धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको १४३ आना सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् ।

अवधारणा पत्रको १३ औँ बुँदामा भनिएको छ, ‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई थप अनुसन्धानका नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ ।’

अवधारणापत्रकाे पूर्णपाठः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *