क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग सहकार्य गर्दै इरान

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ पार्ने बाचा गरेकाे इरानको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले इरानकाे टर्कीसँगकाे सम्बन्ध र सहयोग दीर्घकालीन र व्यापक रहेकाे बताउँदै आफूहरू टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्ने बताएका हुन् । रायसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

यस्तै, एर्दोगानले आफ्ना पक्षको लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताएका छन् ।

टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेको समेत बताएका छन् ।

सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्त्वमा पनि जोड दिएका थिए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *