इंग्लिस प्रिमियर लिग

सिटीको विजयी यात्रामा पूर्णविराम, युनाइटेडको जीत

काठमाडौँ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क बाडेको छ । गएराति भएको खेलमा सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो ।

यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको थियो । साउथह्याम्पटनको मैदानमा एम्रिक लापोर्टेले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । खेलको सातौं मिनेटमा केली वाल्कर पिटर्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाएका हुन् । यो बराबरीपछि २३ खेलमा ५७ अंक भएको छ । साउथहम्पटनको २२ खेलमा २५ अंक हुँदा लिगमा १२औं स्थानमा रहेको छ ।

त्यसअघि भएको खेलमा वेस्ट ह्यामविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । मार्कस रासफोर्डले खेलको इन्जुरीमा समयमा गोल गर्दै युनाइटेडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् ।

खेलअवधि भर युनाइटेडले वेस्ट ह्याममाथि दबाब राखे पनि गोल गर्नबाट भने चुकिरहेको थियो । तर इन्जुरी समयमा रासफोर्डले एडिसन काभानीको पासमा निर्णायक गोल गरे । २२ खेलपछि युनाइटेडको ३८ अङ्क रहेको छ । २३ खेलबाट ३७ अङ्क बटुल्दै वेस्ट ह्याम पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *