थप १० हजार २५४ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा गरिएको १४ हजार ४६२ पिसिआर परिक्षणमा ८ हजार २१२ जना र ५ हजार ७२५ एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८४५ पुगेको छ । आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७०८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७२ हजार ८६२ सक्रिय संक्रमित आइशोलसनमा र १४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *