आर्मी र सुदूरपश्चिम फाइनलमा

काठमाडौँ ।  नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोश्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।

फाइनल शनिबार हुने छ । शनिबारै गण्डकी र मधेस पनि तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *