पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २० औँ आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस अन्तिम ८ मा पुगेको हो ।

पोखरा रंगशालामा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा दुवै टिमका ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे भने हिमालयनका पूर्णबहादुर गुरुङको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाए ।

खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । शेर्पाका लागि ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै बराबरीमा पुर्याए। पुलिस क्लबले क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *