सुर्खेतमा सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक कार्यालयमा सेवा प्राप्त गर्न पूर्ण खोपकार्ड अनिवार्य गरेको छ । पूर्ण खोपकार्ड अनिवार्य गर्न प्रशासनले शुक्रबार सबै स्थानीय तहहरुलाई पत्राचार गरेको हो ।

जिल्लामा पूर्ण खोप लगाउने जनसंख्या कम भएपनि प्रशासनले भने सार्वजनिक सेवा प्राप्तीका लागि पूर्ण खोप कार्ड अनिवार्य गरेको छ । शुक्रबारसम्म सुर्खेत जिल्लामा ६८ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् ।

शुक्रबारदेखि नै अनिवार्य रुपमा पूर्ण खोपकार्ड र मास्क अनिवार्य लगाउने गरी आफ्नो पालिकास्तरमा सूचना सम्प्रेषण गरी कार्यालयलाई जानकारी गराउन स्थानीय तहलाई आदेश गरेको छ ।

हालसम्म सुर्खेत जिल्लामा १८ वर्षभन्दा माथिका ६८ प्रतिशतले पूर्ण खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांक छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधी वाग्लेका अनुसार एक लाख ९२ हजार २०६ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने एक लाख ८९ हजार ५४८ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *