राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधान मन्त्री देउवाले आज दिउँसाे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधान मन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ महिनाको अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *