डिफेन्डिङ च्याम्पियन अल्जेरिया समूहचरणबाटै बाहिरियो

काठमाडाैँ । अफ्रिकन कप अफ नेशन्समा साबिक च्याम्पियन अलजेरिया समूहचरणबाटै बाहिरिएको छ ।  समूह ‘इ’ मा भएको खेलमा बिहीबार राति भएको खेलमा आइभरी कोस्टसँग ३-१ ले पराजित हुँदै  अल्जेरिया प्रतियोगिताबाट बाहिरियो ।

आइभरी कोस्ट भने समूह विजेता रूपमा नकआउटमा स्थान बनाउँदा समूहमा उपविजेता बन्दै इक्वेटोरियन गिनी अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । आइभरी कोस्ट ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । अल्जेरियाविरुद्ध फ्र्यान्क केस्सीको गोलमार्फत सुरुवाती अग्रता लिएको आइभरी कोस्टले इब्राहिम संगरको गोलबाट पहिलो हाफमानै अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा ३-० को अग्रता बनाउने क्रममा ५४  मिनेटमा निकोलस पेपेले टीमको अग्रता तेब्बर बनाए । अल्जेरियाका सोफियान बेंडेबकाले गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन ।

समूह ‘इ’ अन्तर्गत नै बिहिबार भएको खेलमा इक्वेटोरियन गिनीले नकआउटमा स्थान बनायो । अन्तिम खेलमा सिएरा लियोनलाई बराबरी पर्याप्त थियो तर इक्वेटोरियनले १-० ले पराजित गर्दै नकआउटमा स्थान बनाएको हो । इक्वेटोरियनका लागि जित्नै पर्ने खेलमा पाब्लो गनेटको गोल निर्णायक रह्यो ।

यद्यपि सिएरा लियोनले पनि गोलको राम्रो मौका चुकायो । उसले पाएको पेनाल्टीलाई स्ट्राइकर केइ कमाराले प्रहार गरेपनि गोलरक्षक जेसस ओउनोले बचाउँदै गिनीको संकट टारेका थिए । सिएरा लियोनलाई भने नकआउट पुग्न एक अंक पर्याप्त थियो । तर पराजित भएसँगै नकआउट सम्भावनाको अन्त्य भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *