कारवाओ कप

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौँ । प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै लिभरपुल कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा खेलमा आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुलले लिग कपमा स्थान बनाएको हो ।

यसअघि एनफिल्डमा आर्सनलले लिभरपुललाई पहिलो लेगमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो लेगमा भने आर्सनल दुई गोल खान पुग्यो । फाइनलमा स्थान बनाउने क्रममा लिभरपुलका लागि डिएगो जोताले दुवै गोल गरेका थिए।लिभरपुलका लागि डियोगो जोताले दुई गोल गरेका थिए ।

जोताले लिभरपुललाई १९ औ मिनेटमानै गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए । अलेक्जेन्डर अर्नोल्डको एसिस्टलाई सदुपयोग गर्दै पहिलो गोल गरेका जोताले दोस्रो हाफमा अलेक्जेन्डरकै पासमा ७७ औ मिनेटमा टीमका लागि तथा व्यक्तिगत दोस्रो गोल सम्भव बनाएका थिए । लिभरपुलले २०१६ पछि लिगकपको फाइनलमा स्थान बनाएको हो । लिभरपुल ५ वर्षअघि सिटीसँग फाइनलमा पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल २७ फेब्रुअरीमा वेम्बलीमा हुने छ । उपाधिका लागि चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुने भएको छ । चेल्सीले टोटेनेह्यामलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *