एपिएफको अघि आयोजक स्तब्ध

पोखरा । आयोजक सहारा क्लव पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपबाट बाहिरिएको छ । उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवसँग २–० ले पराजीत भएको हो । खेलको १४ औं मिनेटमै आशिष लामिछानेको गोलले अग्रता लिएको एपिएफले दोश्रो हाफमा अर्को गोल थप्यो । ६० औं मिनेटमा प्रदिप लामाले एपिएफका लागि दोश्रो गोल गरेका हुन् ।

खेलको दौरानमा केही अवसर पाएपनि आयोजकले सदुपयोग गर्न सकेन । खेल अवधीभर एपिएफ आयोजकमाथी हावी थियो । जितपछि एपिएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए । प्रतियोगितामा १० टीमले प्रतिश्पर्धा गर्ने छन् । प्रथम हुनेले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *