इंग्लिस प्रिमियर लिग

टोटेनह्याम र म्यानचेस्टर युनाइटेड विजयी

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा टोटेनह्याम र म्यानचेस्टर युनाइटेडले आ-आफ्नो खेलमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा टोटेनह्यमले लेस्टर सिटीमाथि इन्जुरी समयमा दुई गोल गर्दै नाटकीय जित निकाल्दा युनाईटेडले भने ब्रेन्ट फोर्फमाथि ३-१ को सहज जित निकाल्यो ।

इन्जुरी समयमा टोटेनह्यामका लागि दुवै गोल स्टेभेन बर्गविन्ज गरे । उनले इन्जुरी समयको पाँचौँ र सातौँ मिनेटमा गोल गर्दै टीमलाई २-१ ले पछि रहेको अवस्थाबाट ३-२ को अवस्थामा पुर्‍याएका थिए । खेलमा अग्रता भने लेस्टर सिटीले २४ औ मिनेटमा प्याटसन डाकाको गोल मार्तफ लिएको थियो । तर पहिलो हाफमानै बराबरी गर्ने क्रममा टोटेनह्यामका लागि हेरि क्यानले ३८औ मिनेटमा बराबरी गोल फर्काए ।

लेस्टरले खेलमा दोस्रो पटक अग्रता बनाउने क्रममा ७६ औ मिनेटमा गोल गर्‍यो । म्याडिसनले बर्नेसको पासलाई सदुपयोग गर्दा लेस्टर निर्धारित समयमा २-१ ले अघि रहेको थियो । तर इन्जुरी समय भने लेस्टरका लागि निकै दुखदायी बन्दा जित उन्मुख रहेर पनि पराजित हुन पुग्यो ।

जितसँगै टोटेनह्याम १९ खेलबाट ३६ अंक बनाएर पाँचौँ स्थानमा उक्लियो पराजित लेस्टर भने १९ खेलबाटै २५ अंकका साथ १० औ स्थानमा रहेको छ ।

युनाइटेडको सहज जित
इंग्लिस प्रिमियर लिग अन्तर्गतनै भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३-१ को सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा युनाईटेड हाबी भएको थियो ।

खेलमा अग्रता म्यानचेस्टर युनाइटेडले एन्थोनी एलान्गालेले पहिलो गोल गरेका थिए । ६२ औ मिनेटमा ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गरेका थिए । फर्नान्डेसकै पासमा रासफोर्डले ७७ औ मिनेटमा टीमलाई ३-० को अवस्थामा पुर्‍याए ।

ब्रेन्टफोर्डले ८५ औ मिनेटमा एक गोल गरेपनि अंकका लागि भने पर्याप्त भएन । त्यसअघि पहिलो हाफमा ब्रेन्टफोर्डले युनाइटेडविरुद्ध गोलका निकै राम्रा अवसर सिर्जना गरेपनि गोलरक्षक डेभिड डी गियाले सानदार बचाउ गरेका थिए ।

जितपछि युनाइटेड छैटौँ स्थानमा रहेको आर्सनल समान ३५ अंक भएको छ । युनाईटेड गोल अन्तरमा पछि रहँदै ७ औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *