एएसबीसी यु-२२ बक्सिङमा नेपाल सहभागी नहुने

काठमाडौँ । एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागीता नहुने भएको छ । नेपाल बक्सिङ्ग संघ प्रवक्ता श्यामकाजी अवाले बुधबार विज्ञप्ति जारी गर्दै एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा जनवरी २० देखि ३० सम्म तास्कन्तमा हुने च्याम्पियनसिपमा नेपालको सहभागीता नहुने जनाएका हुन् ।

च्याम्पियनसिपमा सहभागी हुन छनोट भएकी महिला खेलाडी शुष्मा तामाङ्गलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि नेपालको सहभागीता नहुने भएको हो । उनको स्वास्थ सामान्य रहेको बताइएको छ । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकारको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *