अलमुताइरिले किन दिएनन लेवान्डोस्कीलाई भोट ?

काठमाडौँ । फिफा अवार्डबाट वर्षको उत्कृष्ट खेलाडीमा यो पटक पनि वार्यनम्युनिख स्टार रोवर्ट लेवान्डोस्कीले बाजि मारे । लगातार दोस्रो पटक फिफा उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट समानित भएका लेवान्डोस्कीलाई नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने भोट हालेनन् । विश्वभर रहेका फुटबल प्रशिक्षक, कप्तान, खेल पत्रकार तथा दर्शकको भोटको आधारमा यो अवार्ड दिने गरिन्छ ।

नेपालबाट यो पटक राष्ट्रिय टीमका प्रशिक्षक अब्दुलाह अलमुताइरीले प्रशिक्षकका रुपमा भोट गरे । नेपाली टीमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विजयी बन्न सफल रोबर्ट लेवान्डोस्कीलाई भने भोट गरेनन् ।

अब्दुलाहले पहिलो नम्बरमा मोहमद्द सलाहलाई भोट गर्दा दोस्रोमा लियोनेल मेसी र तेस्रोमा जोर्गिन्होलाई भोट दिए । उनले आफ्नो भोटबारे राय समेत मागेका छन् । साथै उनले आफूले भोट हालेका तीन खेलाडिको बारेमा भनेका छन् । सलाहले इजिप्ट र लिभरपुलका लागि एतिहासिक प्रदर्शन गरेका छन् । त्यस्तै मेसीले कोपा जितेका छन् भने जोर्गिन्होले युरो र च्याम्पियन्स लिग जितेकाले भोट गरेको लेखेका छन् ।

नेपाली टीमका कप्तान किरण चेम्जोङले भने लेवान्डोस्कीलाई तेस्रो नम्बरमा राखेका छन् । उनले लियोनेल मेसीलाई एक नम्बरमा राख्दा क्रिश्टियानो रोनाल्डोलाई दुइ नम्बर तथा लेवान्डोस्कीलाई तीन नम्बरमा राखेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *