माघ ४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. माघ ०४, २०७८ । ई.सं. १८ जनवरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलागा । राक्षस, उत्तरायण शिशिर । मंगलबार माघ कृष्णपक्ष । तिथि- प्रतिपदा, ३०:१६ बजे उप्रान्त द्वितिय । नक्षत्र- तिष्य, ३०:३४ बजे उप्रान्त अश्लेषा । योग- विष्कम्भ, १६:२९ बजे उप्रान्त प्रीति । करण- वालव १७:३५ बजेदेखि कौलव, ३०:१६ बजे उप्रान्त गर । चन्द्रराशि कर्कट । आनन्दादि योग प्रवर्द्ध । दिनमान २६।२५ । सूर्योदय ६:५७ । सूर्यास्त १७:३२ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्रबाट सहयोग मिल्नेछ, तर स्वास्थय प्रति सजग रहनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । व्यापारमा लाभको योग रहेको छ । सेयर कारोबारबाट फाइदा हुनुका साथै रमाइलो यात्रा पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *