कोरोनाको रेड जोनमा कास्की

पोखरा । कास्की जिल्ला कोरोना संक्रमणको रेड जोनमा उक्लिएको छ । अहिले यहाँ ८ सय ८० कोरोनाका सक्रिय संक्रमित छन् । म्याग्दी स्यांजा र नवलपुर उच्च जोखिममा छन् भने मनाङमा अहिले सक्रिय केस देखिएको छैन । मुस्ताङमा ७ जना, बागलुङमा ३७ जना, तनहुँमा ८३ जना, गोरखामा ५३ जना र लमजुङमा ३५ सक्रिय केस छन् ।

म्याग्दीमा ३३, स्याङजामा १ सय ३४ र नवलपुरमा २ सय ४१ जना संक्रमित भएर उपचाररत छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरी ३ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् भने २२ जना निको भएका छन् । ८ सय ३७ परीक्षणमध्ये ४५ प्रतिशत भन्दा बढी संक्रमण पुष्टी भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

संक्रमित धेरै भएपनि मृत्युदर भने शुन्य छ । प्रदेशमा हालसम्म ९० हजार २९ जना संक्रमित भएका छन् भने ८७ हजार ९१ जना निको भएर फर्किएका छन् । १ हजार ५ सय १० संक्रमित अझै उपचाररत छन् । यहाँ १ हजार ४ सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।

प्रदेशमा संक्रमितको उपचारका लागि ५ सय बेड क्षमताको साधारण आइसोलेसन छ भने एचडीयू ३ सय २१ बेड छ । २ सय ३ बेड आईसीयू, ४९ वटा भेन्टिलेटर सहित १ हजार ७३ बेड रहेकोमा ४५ बेडमा मात्रै विरामी राखिएको स्वास्थ्य निर्देशक खीम खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *