“नास्ट गान” लेखनको लागि आव्हान

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले “नास्ट गान” लेखनको लागि आव्हान गरेको छ । नाष्टले सूचना जारी गर्दै “नाष्ट गान” तयार गरी पेस गर्न आव्हान गरेको हो ।

सूचनामा भनिएकको छ, ‘नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एंव नव प्रवर्तन सम्बन्धी र यस मार्फत देशको समृद्धि पूर्णभाव प्रस्फूटन हुने गरी “नास्ट गान” नेपाली भाषमा तयार गर्नु पर्ने भएकोले इच्छुक सर्जकहरुलाई ६० शब्दमा नबढाई मिति २०७८ माघ मसान्त भित्र तयार गरी इमेल [email protected] मा पठाउन हुन नास्ट हार्दिक आव्हान गर्दछ ।’

छनौट हुने सर्वोत्कृष्ट “नास्ट गान”लाई ५० हजार पुरस्कार प्रदान गरिने नास्टले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *