साबिक विजेता अल्जेरियाको अप्रत्याशित हार, ३५ खेलको अपराजित यात्रामा पूर्णविराम

काठमाडाैँ । अफ्रिकन कपअफ नेशन्समा साबिक च्याम्पियन अल्जेरिया इक्वाटोरियल गिनीसँग अप्रत्याशित हार भोग्न बाध्य भएको छ । समूह ‘इ’ को आफ्नो दोस्रो खेलमा इक्वाटोरियल गिनीसँग १-० ले पराजित भएसँगै अल्जेरिया जारी संस्करणमा समूहचरणबाटै बाहिरिने खतरा बढको हो ।

हारसँगै अल्जेरियाको ३५ खेल सम्मको अपराजित यात्राको औपचारिक अन्त समेत भएको छ । अल्जेरियाले २०१८ पछि पहिलो हार भोगेको हो । इटालीले गत वर्ष सर्वाधिक धेरै अपराजित रहने टीमको रूपमा बनाएको इतिहास भन्दा यो खेलपछि अल्जेरिया दुई खेल टाढा थियो तर उसको सपनामा इक्वेटोरियल गिनीले पुरा हुन दिएन । इक्वेटेरियल नेशनल सुपरकपमा १०१५ को सेमिफाइनलमा स्थान बनाएपनि यो प्रतियोगिताका लागि भने पहिलो पटक क्वालिफाइ गरेको थियो ।

पहिलो हाफ तथा दोस्रो हाफको अधिकांश समय गोलरहित बराबरी भएको खेलमा इक्वेटोरियलले खेलको ७० औ मिनेटमा निर्णायक गोल गरेको थियो । उसका लागि ओरोजोको फर्नान्डेजले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

हारपछि समूहमा अल्जेरिया १ अंकका साथ पुछारमा छ । समूहकै अर्को खेलमा आइभरी कोस्ट र सेरालियोनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। बराबरीपछि आइभरी कोस्ट ४ अंकका साथ शीर्ष स्थानमा रहँदा इक्वाटोरयल गिनी ३ अंकका साथ दोस्रो तथा सेरालियोन २ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *