रियलले जित्यो स्पेनिस सुपरकपको उपाधि

काठमाडाैँ । एट्लेटिको बिलबाओलाई २-० ले पराजित गर्दे रियल म्याड्रिडले स्पेनिस सुपरकपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रियलले १२ औ पटक सुपरकपको उपाधि जितेको हो ।

साउदी अरेबियाको रियादमा भएको खेलमा लुका मोड्रिच र करिम बेन्जामाले दुवै हाफमा १-१ गोल गरेपछि रियल च्याम्पियन बन्यो । रियाद स्थित किंङ फहाद अन्तराष्ट्रिय स्टेडिमयममा ३८ औ मिनेटमा मोड्रिचले रोड्रिगोको ब्याग पासलाई सदुपयोग गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा पनि खेल आफ्नो पक्षमा पारेको रियलले करिम बेन्जमाले पेनाल्टीमा अग्रता दोब्बर बनाए । रियलका खेलाडीले गरेको प्रहार बिलबाओका खेलाडीले ह्यान्ड गर्न पुगेपछि भिएआरको सहयोगमा रियलले पेनाल्टी प्राप्त गरेको थियो ।

अन्तिम समयमा रियल म्याड्रिड १० खेलाडीमा सीमित भएको थियो । ८७ औ मिनेटमा एडर मिल्टोले डि बक्समा हेन्ड गरेपछि रातो कार्ड पाएका थिए । उक्त कार्डसँगै बिलबाओले पेनाल्टी प्राप्त गरेपनि गोलरक्षक थिबउट कोर्टीओसले सानदार बचाउ गर्दा सम्भावित एट्लेटिकोले सम्भावित गोलको अवसर खेर फालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *