अब कोरोना परीक्षण निः शुल्क

काठमाडौँ । सरकारले पालिकामार्फत कोरोना परीक्षण निः शुल्क गर्ने भएको छ । संघीय सरकारले आइतबार ‘ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेश’ जारी गर्दै कोरोना परीक्षण निः शुल्क गर्ने बताएको हो । आदेशमा भनिएको छ–‘आफ्नो स्थानीय तहभित्र स्वाब संकलन गर्ने व्यवस्था मिलाउने तथा प्रत्येक वडामा भिडभाड हुन सक्ने स्थान वा हटस्पट पहिचान गरी निःशुल्क टेस्ट गर्ने तथा टेस्टको रिपोर्टिङ गर्ने व्यवस्था गराउने ।’

आदेशअनुसार पालिकाले आफ्नो पालिकाभित्र स्वाब संकलन गर्ने, प्रत्येक वडामा भिडभाड हुन सक्ने स्थान वा हटस्पट पहिचान गरी निःशुल्क टेस्ट गर्नेछन् । एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने, र नतिजा पोजिटिभ आएमा उनीहरुको निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी उनीहरुको एन्टिजेन परीक्षण गरिनेछ।

कोरोना रोकथामका लागि स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्ने पनि उल्लेख गरिएको छ । पालिकाले टोल सुधार समिति, टोलस्तरमा गठन भएका कोभिड– १९ सहजीकरण समूह तथा उपभोक्ता समितिलाई परिचालन गर्ने र आवश्यकताअनुसार त्यस्ता समिति वा समूह गठन गरी परिचालन गर्ने कुरा पनि आदेशमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *