थप ४,९६१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनामा कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

यस्तै नेपालमा हालसम्म ९ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भएको छ भने ८ लाख १६ हजार ४३८ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *