शानको ‘नशा’ सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । गायक तथा संगीतकार शान भुसालको ‘नशा’ बोलको गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेका गायक भुसालको गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको हो ।

गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ । सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडिओको निर्देशन विकास बराइलीले गरेका हुन् ।

भिडिओ अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ गरिएको छ । गायक भुसालले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भिडिओमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरू दीपेश आचार्य अंकित शर्मालगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *