कौटिन्होको गोलमा म्यानचेस्टर रोकियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । भिल्लाको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा २-० ले पछि परेको एस्टन भिल्लाले कमब्याक गर्दै खेल बराबरी गरेको थियो । भिल्लाका लागि ज्याकब रामसी र फिलिप कोटीन्होले एक एक गोल गरेका थिए ।

अघिल्लो सातामात्र बार्सिलोनाबाट भिल्लामा आएका कोटीन्होले आफ्नो पहिलो खेलमा नै गोल गरेर सुखद शुरुवात गरेका छन् । उनी खेलको ६८औ मिनेटमा मैदानमा सब्सिच्यूटको रूपमा छिरेका थिए भने खेलको ८१औँ मिनेटमा गोल गरेका थिए । यस अघि ७७औँ मिनेटमा रामसीले भिल्लाका लागि पहिलो गोल गरेका थिए ।

त्यस्तै युनाइटेडका लागि दुवै गोल ब्रुनो फेर्नानडेजले गरेका थिए । उनले खेलको छैटौँ र ६७औँ मिनेटमा गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डो भने इन्जुरीका कारण खेलेका थिएनन् । रोनाल्डो हिप इन्जुरीका कारण योसहित पछिल्ला दुई खेलमा अनुपस्थित भएका छन् ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको २० खेलमा ३२ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको यस खेलपछि २० खेलमा २३ अंक भएको छ र लिगमा १३औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.