सलाहको गोलमा इजिप्टको जित, अघिल्लो चरण सम्भावना कायमै

काठमाडौँ । पहिलो खेलमा हार भोगेको इजिप्टका लागि मोहम्मद सलाहले जित्नै पर्ने खेलमा निर्णायक गोल गर्दै इजिप्टको अघिल्लो चरण सम्भावना कायम राखेका छन् । अफ्रिकन कप अफ नेशन्समा इजिप्टलाई पहिलो जित दिलाउने क्रममा सलाहले गिनी बिसु विरुद्ध गरेको एकमात्र गोल निर्णायक बन्यो ।

अन्तिम समयमा फराहोसले गोल गर्दै खेल बराबरीमा ल्याउने प्रयास गरेपनि भिएआरले उक्त गोललाई मान्यता नदिँदा इजिप्ट भाग्यमानी साबित भएको थियो ।

सातपटकको च्याम्पियन इजिप्ट आफ्नो पहिलो खेलमा नाइजेरियासँग १-० ले पराजित भएको थियो । शनिबार राति भने सलाहले २१ औ मिनेटमा गरेको भलिले जाली चुमेको थियो । लिभरपुल स्टार सलाहको गोलसँगै तीन अंक जोडेको इजिप्ट समूह डी मा दोस्रो स्थानमा उक्लिएको छ ।

सोही समूहमा नाइजेरिया भने लगातार दोस्रो जितसँगै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । शनिबार भएको दोस्रो खेलमा नाइजेरियाले सुडानलाई ३-१ ले पराजित गर्दे नकआउटमा स्थान पक्का गरेको हो । त्यसअघि नाइजेरियाले आफ्नो पहिलो खेलमा इजिप्टलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *