ब्रुनेको गोलमा चेल्सीमाथि म्यानचेस्टर सिटीको जित

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटिले चेल्सीलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले खेलको ७०औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको २२ खेलमा ५६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको भन्दा १३ अंकले अगाडी रहेको छ । चेल्सीको २२ खेलमा ४३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *