अन्तिम मिनेटमा सम्हालिन नसक्दा थ्रीस्टारसँग संकटा स्तब्ध

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणको खेलमा संकटामाथि थ्री स्टारले रोमाञ्चक रुपमा १-० को जित निकालेको छ । शनिबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा सात मिनेट थप गरिएको अतिरिक्त समयमको अन्तिम मिनेटमा विजयी भुजेलले निर्णायक गोल गरे ।

संकटाका गोलरक्षक विट भएको अवस्थामा अशोक खवासको क्रसलाई रिमले एसिस्ट गरेको बललाई विजय भुजेलले हेड गर्दै थ्री स्टारलाई महत्वपुर्ण अग्रता दिलाए । जुन अग्रतानै थ्रीस्टारलाई तीन अंकका लागि पर्‍याप्त भयो ।

थ्री स्टार महत्वपुर्ण तीन खेलाडि बिना मैदानमा उत्रिएको थियो । आयुष घलान, अन्नत तामाङ र विक्रम लामा इन्जुरीका कारण टीममा नहुँदाको फाइदा उठाउन संकटा असफल भयो । थ्री स्टारको कप्तान अशोक खवासले समालेका थिए ।

उपाधि दाबेदारी कायमै राख्नका लागि तीन अंकको खोजिमा रहेको संकटा अन्तिम केही सेकेन्ड समालिन नसक्दा पाँचौ स्थानमा धकेलियो । जितसँगै थ्री स्टारले राहत महसुस गरेको छ । शनिबारनै भएको खेलमा आर्मी भने जित निकाल्दै संकटालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको थियो । थ्री स्टारसँग पराजित भएसँगै संकटाको अपराजित यात्रा समेत अन्त भएको छ ।

हारपछि ९ खेलबाट संकटा १४ अंकका साथ पाँचौ स्थानमा धकेलिंदा थ्री स्टार भने चौंथो स्थानमा उक्लिएको छ। थ्रीस्टारको ९ खेलबाट १६ अंक भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *