फ्रेन्डलाई हराउँदै आर्मीको चौथो जित

काठमाडौँ । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौथो जित निकालेको छ। नवौँ चरणको खेलमा शनिबार अंक तालिकाको पुछारमा रहेको फ्रेण्ड्सलाई ३-१ ले पराजित गर्दै आर्मीले महत्त्वपूर्ण तीन अंक हासिल गर्‍यो।

९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले पछि छ।  नवौँ चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मीको पछिल्लो दुई खेलमा लगातार जित निकाल्दै उपाधि होडमा समेत अघि बढेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० औँ मिनेटमा नै जगजित श्रेष्ठले आर्मीलाई सुरुवाती अग्रता दिलाए । ४४ औँ मिनेटमा दिनेश हेम्जनले आर्मीका लागि दोस्रो गोल गर्दै टीमलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाए।

तर दोस्रो हाफमा फ्रेन्डसले खेलमा फर्कने प्रयास गरेको थियो। डिफेन्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेण्ड्सका लागि पहिलो गोल गरे। तर त्यसपछि पनि आर्मीले खेलमा दबाब राख्दै ७१ औँ मिनेटमा तेस्रो गोल गर्‍यो। सुमन अर्यालले आर्मीलाई ३-१ को अवस्थामा पुर्‍याउन सफल भएका थिए।

नवौँ चरणसम्म जितविहीन रहेको फ्रेन्डसलाई यो हारले रेलिगेसन दबाब थप बढाएको छ। लिगमा चार खेल खेल्न बाँकी हुँदा फ्रेन्डसको खातामा केवल ३ अंक रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *