प्रिन्स बने योनेक्सको ब्राण्ड एम्बेसडर

काठमाडौँ । ब्याडमिन्टन पुरुष खेलाडीको जुनियरतर्फ विश्व नम्बर १ बन्न सफल प्रिन्स दाहाल योनेक्सको ब्राण्ड एम्बेसडर बनेका छन् ।

काठमाडौँमा एक कार्यक्रम गरी योनेक्सको नेपाली आधिकारिक वितरक इनासका प्रोप्राइटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको जानकारी गराएका हुन् । कार्यक्रममा दाहाललाई नगद २ लाख रुपैयाँ पनि प्रदान गरिएको थियो ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक वर्षसम्म आफूलाई आवश्यक योनेक्सका सम्पूर्ण सामग्री लिन सक्ने  र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न एसियाली देशहरूमा जाने हवाई यातायातको खर्च ब्यहोर्ने प्रोप्राइटर बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *