‘ए’ डिभिजन लिग : आज दुई खेल

काठमाडाैँ । शहीद स्मारक ’ए’ डिभिजन लिगमा आज दुई खेल हुनेछन् । लिगको नवौं चरण अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा छ । फ्रेन्ड्स आर्मीलाई हराएर पहिलो जित हात पार्ने दाउमा हुनेछ । आर्मी ८ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा छ । आर्मी पनि आफ्नो अपराजित यात्रा कायम राख्दै फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ।

साँझ पौने पाँचमा हुने दोस्रो खेलमा थ्रीस्टारले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको थ्रिस्टारसंकटालाई हराएर अंक तालिका सुधार्न चाहन्छ । ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको संकटा पनि अपराजित यात्रा जारी राख्दै थ्रीस्टारलाई हराए आफ्नो स्थानमा कायम रहन चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *