वार्यनमाथि दबाब बढाउँदै डर्टमुन्ड

काठमाडाैँ । जर्मन बुन्डेसलिगमा उपाधि होडमा रहेको वार्यन म्युनिखमाथि बौउरुसिया डर्टमुन्डले दबाब बढाउँदै लगेको छ । शुक्रवार राति भएको खेलमा अर्लीङ हालान्ड र थोमस मेनियरले समान २-२ गोल गरेपछि डर्टमुन्डले जर्मन बुन्डेस लिगामा फ्रेइबर्गलाई ५-१ ले पराजित गर्न सफल भयो ।

जितसँगै डर्टमुन्डले अंक तालिकामा शीर्ष स्थानको वार्यनसँगको अग्रता ३ अंकमा झारेको छ । खेलमा थोमस मेनियरले घरेलु टोली डर्टमुन्डलाई १४ मिनेटमानै अग्रता दिलाए । मेनियरलेनै २९ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाए । हालान्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई पहिलो हाफमा ३-० को अवस्थामा पुर्‍याएका थिए ।

तर दोस्रो हाफमा फ्रेइबर्गले डिमिरोभिको गोलमार्फत अग्रता घटाउने प्रयास गरेपनि सफल हुन भने सकेन । ७५ औ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गरे । पाँचौँ गोल खेल सकिन चार मिनेट बाँकी रहँदा दाहोउडले गरेका थिए ।

२१ वर्षीय नर्वेजियन स्टार हालान्डले दुई गोल गरेसँगै ७७ खेलमा ७८ गोल सम्भव बनाए । जितपछि डर्टमुन्डको १९ खेलमा ४० अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको वार्यनको ४३ अंक छ । पराजित फ्रेइबर्ग ३० अंकका साथमा शीर्ष चारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *