नोबेलका सञ्चालक शर्मामाथि सिंहदरबारभित्रै दुर्व्यवहार, पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मामाथि सिंहदरबारभित्रै दुर्व्यवहार भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलसँगको छलफल सकेर शिक्षा मन्त्रालयबाट बाहिरिँदै गर्दा शर्मामाथि दुर्व्यवहार भएको हो ।

दुर्व्यवहार गरेको आरोपमा ५ जना विद्यार्थी पक्राउ परेका छन् । उनीहरूमध्ये दुईजना एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरू हुन् । एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीकाअनुसार उनीहरू उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन हुन् ।

अध्यक्ष पराजुलीले उनीहरूले ‘बहादुरी’ देखाएको भन्दै शीघ्र रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *