अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा दोस्रो पटक रद्द

काठमाडौँ । अस्ट्रेलिया सरकारले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ । भ्याक्सिन बिना देशमा रहने कुनै अधिकार उनलाई नभएको भन्दै अस्ट्रेलियाले पुनः जोकोभिचको भिसा रद्द गरेको हो।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले आफ्नो अधिकार प्रयोग गर्दै उनको दोस्रो पटक रद्द गरेका सञ्चारमाध्यमहरूमा जनाइएको छ । मन्त्री हकले उनलाई निर्वासित गरिने समेत बताएको खबरहरुमा उल्लेख गरिएको छ । मन्त्रिले भनेका छन्,  ‘मैले आज एक शक्तिको प्रयोग गरेको छु । जोकोभिचलाई यसो गरिनु कानूनी कुरा नै हो ।’

उनले गृह मन्त्रालय तथा सुरक्षा बल र जोकोभिचको डकुमेन्ट अध्य्यन गरेर यो निर्णय गरेको पनि बताएका छन् । यसको अर्थ जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा तीन वर्ष प्रतिबन्ध समेत हुन सक्नेछ । यद्धपि ३४ वर्षिय जोकोभिचले अस्ट्रेलियन ओपनका लागि सरकारलाई अर्को कानूनी चुनौती भने दिन सक्नेछन् । तर प्रतियोगिता सुरु हुने समय नजिकिएकाले उनका लागि चुनौती बढेको छ। अस्ट्रेलियन ओपन यही सोमबारबाट सुरु हुँदैछ ।

यसअघि जोकोभिचको भिसा ६ जनवरीमा मेलवर्न प्रवेश गरेपछि रद्द गरिएको थियो। पछि अदालतको आदेशमा उनी पुनस् अस्ट्रेलियाम बस्न पाएका थिए। तर अध्यागमनलाई झुटो विवरण दिएको विवादमा परेपछि उनले स्पष्टिकरण दिएका थिए । जोकोभिचलाई २०२२ को अस्ट्रेलियन ओपनका लागि कोभिडको खोप विना नै सहभागि हुन आयोजकले अनुमति दिएपनि अस्ट्रेलिया सरकारले कानूनभन्दा माथि कोही नरहेको भन्दै मेलवर्न पस्नासाथ उनको भिसा रद्द गरेको थियो।

अब सर्विया फर्किने वा अस्ट्रेलिया सरकारको पछिल्लो निर्णयमाथी चुनौती दिने भन्नेबारे भने जोकोभिचले केही बताएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *